- बसन्त लामा
१ जेष्ठ, २०७५
निजगढ । बारा जिल्लाको निजगढ नगरपालिका स्थित सिंगौलमा हावा हुरीका कारण केरा ढल्दा लाखौंको नोक्सान भएको छ ।
निजगढ नगरपालिका वडा नं. १, २ र ३ का किसानहरुले खेती गररहेको केरा हावा हुरीका कारण ढल्दा ग्रामिक किसान मर्कामा परेको छ ।

आईतबार राती देखि सोमबारसम्म परेको भारी वर्षा र हावा हुरीले केरा ढलेको थियो । अधिकांश केरा काटेर बजारमा लाने तयारीमा रहेको बेला केराको बोट ढलिदा यसरी क्षति भएको केरा व्यवसायी संघका अध्यक्ष हरि थापाले तेमाल अनलाईनलाई जानकारी दिए ।
यहाँका किसानहरुले १४ सय विघामा केरा खेती गर्दै आएको छ । यसरी वाली नष्ट भएपछि क्षतिपूर्तिको लागि सम्बन्धित निकायमा किसानहरुले माग गरेका छन् ।
भिडियो
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















