१ जेष्ठ २०७५
बनेपा । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रकारको सुरक्षाको माग गरेको छ ।
काभ्रेबाट प्रकाशित ‘तपाईं हाम्रो’ साप्ताहिकका कार्यकारी सम्पादक दिनेश घिमिरेलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै महासंघले पत्रकारको सुरक्षाको माग गरेको हो ।
‘धुवाँको मुस्लोमा कमिसनको चक्कर’ शिर्षकमा २०७५ साल बैशाख २५ गते मंगलबार प्रकाशन गरेको समाचारलाई लिएर पाँचखाल नगरपालिका होक्से घर बताउने सागर लामाले पत्रकार घिमिरेलाई धम्की दिएको महासंघका अध्यक्ष मोतिरामद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।