१ जेष्ठ २०७५
काभ्रे । सत्तारुढ दल नेकपा एमाले निकट युवा संघ, नेपाल काभ्रे जिल्ला कमिटिले आज (जेठ १ गते) आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमका बीच मनाएको छ ।
केन्द्रीय कमिटिसँग असन्तुष्टी रहेको युवा संघ, नेपाल काभ्रेले केन्द्रले तय गरेको कार्यक्रम बहिष्कार गरेर जिल्लामै स्थापना दिवस मनाएका हो ।
संघले त्रिवेणी घाटको सरसफाई तथा उक्त स्थलमा रहेको बृद्धाश्रममा फलफुल वितरण गरेर स्थापना दिवस मनाएको युवा संघ काभ्रेका अध्यक्ष विक्रम चौलागाईंले तेमाल अनलाईनलाई जानकारी दिए ।
संघले आज बिहान ८ बजे त्रिवेणीघाटको सरसफाई गरि पनौतीमा रहेको त्रीबेणी घाट वृद्धाश्रम सरसफाइ तथा वृद्धाश्रममा फलफूल बितरण गरेको थियो ।
कार्यक्रममा संघका केन्द्रिय नेताहरु अमित लामा, राकेस लामा ब्लोन लगायत जिल्लाका सबै नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















