बनेपा । काभ्रे सेवा समाज मलेसियालले काभ्रे बेथानचोक गाँउपालिका ५ च्यासिङखर्कका अग्नी पिडित लालध्वज वाईबा तामाङलाई आर्थिक सहयोग गरेको छ ।

गाँउपालिका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाको उपस्थितिमा संस्थाका सदस्य शुकराम लामा र राजमान स्याङ्तानले पिडितलाई सहयोग रकम हस्तारण गरेको हो । समाजले तामाङलार्य नेपाली रूपैयाँ ४४ हजार ९८ रुपैयाँ सहयोग गरेको छ ।

गत चैत्र ४ गते घरको ग्याँस लिक भई तामाङको घरमा अचानक आगोलागी हुदा उनको घर पुर्ण रुपले जलेर नष्ट भई लाखौं रुपीयाँ बराबररको क्षति भएको थियो ।

घर जलेर बिस्थापित भएका लालध्वजको परिवारलाई सहयोग गर्न स्थानीय अम्बर बहादुर तामाङले काभ्रे सेवा समाज मलेसियालाई अनुरोध गरेका थिए ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा गाँउपालिका प्रमुख प्रेम बहादुर तिमिल्सिना, वडा अध्यक्ष खजेन्सी लामा, नेपाल रेडक्रस सोसाइटी चलाल गणेशस्थानका सभापति प्रेम बहादुर लामा लागयत अन्य ब्यक्तिहरु उपस्थित भई

पिडितको क्षति भएको घरको अवलोकन समेत गरेका थिए । काभ्रे सेवा समाज मलेसियाले विभिन्न सामाजिक अभियानहरु चलाउँदै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।