-अञ्जली तामाङ

धुलिखेल । एमाले माओवादी एकताले देशैभरिका कार्यकर्ताहरु उत्सब मनाईरहेको बेला काभ्रेको धुलिखेलमा पनि नेकपाका कार्यकर्ताहरुले दिपावली गरेर खुशीयाली मनाएका छन् ।

नेकपाका कार्यकर्ताहरुले धुलिखेल चोकमा आज साँझ नेता तथा कार्यकर्ताहरु भेला भई दिपावली गरेर खुशीयाली मनाएको हो ।

दिपावलीमा उपस्थित भएका नेता तथा कार्यकर्ताहरुले राष्ट्रको समृद्धिको महान अभियानको नेतृत्वका लागि तयार हुने केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई धन्यबादका साथ शुभकामना दिएका छन् ।

एकतापछि नेपाल कम्युनिष्ट पार्टी गठन भएको खुसीयालीमा जिल्लाका शहरदेखी गाउँसम्म विभिन्न कार्यक्रम भईरहेका छन् । पार्टी एक भएको सन्देशका साथ तत्कालिन एमाले माओवादीका स्थानीय कार्यकर्ताको नेतृत्वमा गाउँसम्म छलफल, विचार आदानप्रदान तथा दिप प्रज्वलन भईरहेका हुन्् ।

दिप प्रज्वलनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताका साथै सर्वसाधारण समेत स्वतस्फुर्त सहभागि भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेताहरुले मुलुक अव विकासको तिव्र गतिमा अघि बढ्ने बताए । धुलिखेल नगरपालिकाका प्रमुख तथा नेकपाका युवा नेता असोक व्याञ्जुले नेपालको कम्युनिष्ट धुव्रीकरण तथा एकताले विश्वमा नयाँ तरंग पैदा गराएको बताए । व्याञ्जुले तत्कालिन माओवादीले चलाएको क्रान्ती र एमालेले चलाएको क्रान्तीलाई रचनात्मक ढंगले नयाँ उचाईमा पुर्याउने काम प्रधानमन्त्री केपी ओलीले गरेको दावी गरे । राजनीतिक स्थीरतासंगै अब देश सवृद्धिको बाटोमा होमिएको उनको भनाई छ ।

Comments

comments