बनेपा । नव गठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्यमा सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री चयन भएका छन् ।
तत्कालीन माओवादी केन्द्र र एमाले बीचमा पार्टी एकता भएपछि राज्यमन्त्री बाँस्कोटा केन्द्रिय सदस्यमा चयन भएका हुन् ।
तत्कालीन एमाले काभ्रेका प्रभावशाली नेताको रुपमा बाँस्कोटालाई चिनिन्छ । बाँस्कोटा तत्कालिन एमालेको तीन नम्बर प्रदेश कमिटि सदस्य, केन्द्रिय स्कुल विभाग सदस्य थिए ।
यसैबिच तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) पनि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुने पक्कापक्की जस्तै देखिन्छ । साधारण किसान परिवारमा जन्मेर माओवादी राजनीतिमा निक्कै नै चर्चित भएका नेता लालध्वज सिनियर नेताको रुपमा परिचित छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका लालध्वज माओवादी जनयुद्धको तयारीकर्ता, शुरुवातकर्ता र कुशाल नेताको भूमिकामा थिए । उनी पटक पटक काभ्रे पार्टीको नेतृत्वदायी भूमिकामा बसेर काम गरिसकेका छन् ।
सांसद पुनस्र्थापनाको क्रममा माओवादीको तर्फबाट सांसद, २०६४ सालको संविधानसभाको निर्वाचनबाट अत्यधिक मतले विजय भएका उनी तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय अध्यक्ष समेत हुन् ।
आधिकारीक रुपमा पार्टीको केन्द्रिय सदस्य नभएपनि जिल्लाका नेकपा कार्यकर्ताहरुले सामाजिक सञ्जालामा बधाई दिन थालेका छन् ।






















