भक्तपुर । सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी विद्यालयमा भर्ना गरेको छ ।

वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८ सय ८७ विद्यार्थीमध्ये ३४ हजार ३ सय ४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए ।

सरकारले विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि घरदैलोअभियान सञ्चालन गरेको थियो । अभियानमा कक्षा १ देखि दशसम्म करिब सात लाख २४ हजार विद्यार्थी भर्ना गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक विद्यार्थी भर्ना गरी अभियानको सुरुआत गरेका थिए भने अन्य मन्त्री तथा नेताहरुले पनि बिभिन्न स्थानमा गएर विद्यालय भर्ना अभियानमा साथ दिएका थिए ।

अभियानमा यस वर्ष ७ सय ७७ विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ । सरकारले वर्षेनी भर्ना अभियान सञ्चालन गरे पनि तोकेअनुसारको विद्यार्थी भर्ना गराउन सकेको छैन ।

Comments

comments