बसन्त लामा
बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नं.१ स्थित बन्सथली टोलमा रोडको ढलान कार्य शुरु भएको छ । बन्सथली टोल बिकास समितिले उक्त कार्यको शुरु गरिएको हो ।

निजगढ नगरपालिका ले ७४÷७५ को बिनियोजन गरेको वार्षिक बजेडबाट बिच्छे खोल्सीसम्मको रोडमा ढलान कार्य सुरु गरियको छ ।

बन्सथली टोल बिकास समितिको अध्यक्ष राकेस जिम्बाले यो कार्य चाँडैनै सम्पन्न हुने बताए ।

वडा अध्यक्ष मंगल लोप्चनका अनुसार यो योजनामा करिब १७ लाख बजेट विनियोजन गरिएको छ ।  लोप्चनका अनुसार निर्माण सुरु गरियको उक्त सडकको लम्बाई ८० मिटर चौडाई ८ मिटर रहेको छ ।

सो बाटो निर्माण पछी छिमेकी जिल्ला रौतहट को भालुखोप अरुण बस्ती इपिल पुरानो नर्सरी माहदेउ डाँडाको स्थानीयलार्इ समेत हाट बजार आउन सजिलो हुने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।