धुलिखेल । काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जनताको सूचनाकोक हकलाई सुनिश्चित गर्न सबै स्थानीय तहमा सूचना अधिकारी राख्न निर्देशन जारी गरेका छन् ।

आईतबार जिल्ला भरिका कार्यायलय प्रमुख र सञ्चारकर्मीहरुसँग गरिएको ‘सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम’मा प्रमुख जिल्ला अधिकारी राउतले उक्त निर्देशन दिएका हुन् ।

कार्यक्रममा राउतले राष्ट्रिय सूचना आयोगले निर्धारण गरेको जिम्मेवारी र सूचनाको हक सम्बन्धि चर्चा गरेका थिए ।

प्रत्येक स्थानीय तहमा उप–प्रमुखको संयोजकत्वमा सूचना÷सञ्चार समिति गठन गर्नुपर्ने राष्ट्रिय सूचना आयोगको योजनालाई कार्यन्वयन नभएकोमा उनले दुःख व्यक्त गरे । ‘यो समिति तुरुन्तै गठन गर्नुप¥यो ।’ राउतले भने– ‘कुनैपनि जनता सूचनाको हकबाट बञ्चित नहोस् ।’

सूचनाको संवेदनशिलताकोबारेमा चर्चा गर्दै राउतले सूचना लोकतन्त्रको प्राणबायु भएकोले यो प्रति गम्भिर हुन अनुरोध गरे ।

सूचनाको वर्गीकरण नभएकोले सूचना दिन गाह्रो भएको बताउँदै राउतले संवेदनशील सूचना बाहेक अरु सूचना नदिएको बताए ।

राउतले सबै कार्यालयका सूचना अधिकारीलाई आम नागरिकलाई सूचना दिन र हरेक महिना कार्यालयले आयव्यय लगायतका सूचना जारी गर्न निर्देशन दिए ।

सूचना अधिकारी आम नागरिक हरुको लागि भएको र सञ्चारकर्मीकौ लागि प्रबक्ता तोकिएको उनले प्रष्ट पारे ।

यसरी पोखे कार्यालय प्रमुखहरुले गुनासो

विभिन्न स्थानीय तहका कार्यालय प्रमुखहरुले कर्मचारी न्यून रहेको कारण सूचना अधिकारी राख्न गाह्रो भएको बताए । बेथानचोक गाउपालिका प्रशासकीय अधिकृत टेकराज आचार्यले कर्मचारीहरुको अभावका कारण सूचना अधिकारी तोक्न  नसकेको बताए ।

दुःख दिने नियतले सूचना मागेको उनीहरुको गुनासो रहेको छ । साथै केही कार्यालयमा पत्रकार बाहेक सर्वसाधारण सूचना माग्न नआएको जानकारी दिए ।

हुलाकका प्रमुखले सोधेः ‘खोइत ३/३ महिनामा सूचना ?’

जिल्ला हुलाक कार्यालय, काभ्रेका प्रमुख पदम खत्रीले सबै कार्यालयले हुलाकलाई हेपेको जस्तो अनुभूति आफूलाई भएको बताए ।

‘३/३ महिनामा सूचना आयोगमा पठाउनुपर्ने सूचना तपाईंको असहयोगका कारण मैले पठाउन सकिन ।’ खत्रीले भने– ‘३ बर्ष भयो मैले सूचना आयोगमा केही पनि पठाउन सकेको छैन ।’

स्थायी सरकारको रुपमा रहेको आफूहरुले जनतालाई सूचनाकौ हक दिन नसकेको बताउँदै उनले धुलिखेल नगरपालिकाले भने नियमित पठाएको बताए ।

Comments

comments