बनेपा । बनेपाको जनागालमा रहेको ग्राण्ड समर पार्टी प्यालेसको स्वीमीङ पुलमा पौडी खेल्दा एक विद्यार्थीको मृत्यु भएको छ ।

आईतबार पौडी खेल्ने क्रममा पनौती नगरपालिका वडा नं ८ को बर्ष १६ को अभिषेक बञ्जाराको मृत्यु भएको हो ।

बनेपाको निष्ट कलेजमा ११ कक्षामा पढ्दै गरेका बञ्जारा कलेजका साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिल जंग शाहले जानकारी दिएका छन् ।

Comments

comments