-दुध लोप्चन

मे २७, दक्षिण कोरिया । नागार्जुन गुम्बाद्धारा आयोजित गुम्बाको १० औँ बार्षिकोत्सब तथा २५६२ औँ बुद्ध जयन्ती विशेष पूजापाठ कार्यक्रम सम्पन्न भएको छ ।

नागार्जुन गुम्बाको स्थापना १० बर्ष पूरा भई ११ औँ बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा आयोजित कार्यक्रम विशेष पूजापठ दक्षिण कोरियाको ख्याङ्गी प्रान्त दोङ्दुचन जिहेङ्मा आईतबार भएको हो ।

सो कार्यक्रममा नेपालबाट आमान्त्रित दुद्जुम उर्गेन छ्योईलिङ मोनेष्ट्रीका प्रमुख लामा खेन्पो तेन्जिन ल्हुन्डुप प्रमुख अतिथी रहेका थिए । कार्यक्रम उनले भगवान बुद्धको ज्ञान, दर्शनसम्बन्धी प्रबचन दिएका थिए ।

त्यस्तै नागार्जुन गुम्बा प्रमुख उर्गेन लामाले कार्यक्रममा उपस्थित सबै सबैमा सुख, शान्ति र धन्यावाद ब्यक्त गर्दै, अरुलाई गरेको सहयोगबाट खुशी मिल्दछ भने आफ्नोे मात्र साँेचे दुखी मिल्ने बुद्धको सन्देशलाई मनन गर्नुपर्ने बताए ।

कार्यक्रममा कोरियाबासी नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजिबी, पत्रकार, ब्यवसायी, सामाजसेवी, कलाकार, बिद्यार्थी, कोरिया र नेपाली धार्मिक गुरु तथा अनुयायी, नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेख्य सहभागी थिए ।

Comments

comments