धुलिखेल । धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामेश्वर धिनांजुले मनोमानी ढंगले सिमिति सञ्चालन गरेको आरोप लगाएको छ ।

उनले कार्यसम्पादनमा मनोमानी गरेको भन्दै कार्य समितिकै प्रायः पदाधिकारी र सदस्यहरुले आपत्ति जनाउँदै तुरुन्त सच्याउन आग्रह गरेका हुन् ।

धिनांजुले हालसम्म गरेका कामकारवाही मनोमानी ढंगको भएको, खानेपानीलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा हानी पुग्ने भएको, सबैको सहमति र निर्णय बिना काम गर्ने गरेको भन्दै उनीहरुले तुरुन्त यस्ता गतिविधि सच्याउन माग गर्दै असहमति जनाएका छन् ।

निवर्तमान अध्यक्ष राजकुमार तखाछें, वर्तमान सचिव विन्द्रलाल श्रेष्ठ, सदस्यहरु राजेन्द्रराज कोजु, गौरीप्रसाद श्रेष्ठ, आत्माराम पोखरेल, दुर्गालक्ष्मी खड्गी, राधा श्रेष्ठ, भुवन श्रेष्ठ, मुकुन्द न्यौपाने र नगर प्रतिनिधि निराजन जंगमले हस्ताक्षर सहित असहमति जनाउँदै अध्यक्षलाई माग पत्र समेत बुझाएका छन् । साथै उनीहरुले बोधार्थमा धुलिखेल नगरपालिका र जिल्ला जलस्रोत समितिलाई बुझाइएका छन् ।

यस्ता छन् असहमति

उनीहरुले बुझाएको पत्रमा २० वटा असहमति उल्लेख गरेका छन् । जस्मा मुख्य गरी आर्थिक कारोबार प्रक्रिया नपु¥याई गरेको, डिप बोरिङ गर्दा प्रक्रिया नपु¥याएको, नियमित बैठक नबस्ने, बसेमा होटलमा बसेर खर्च गरेको, पाइप लाइन विस्तारमा टेण्डरबिना ठेक्का दिइएको, जेनेरेटर खरिद गर्दा टेण्डर नगरिएको, एकिकृत काभ्रे भ्याली खानेपानीसँगको सहमति र मर्ज गर्ने विषयलाई साधारण सभाबाट अनुमोदन नगरिएको, प्रक्रिया बेगर ३ जना कर्मचारी राखिएको, समितिमा रिक्त पदमा निर्वाचन नगरिएको, आयव्यय पारदर्शी नगरिएको, विभिन्न वडामा खानेपानी उपलब्ध नगराएको, कर्मचारीको सही व्यवस्थापन नगरिएको, विधान अनुरुप साधारण सभा नगरिएको, अध्यक्षले अरु पदाधिकारीबिचञ सहकार्य र सहमति नगरिएको, खानेपानी कोषमा रहेको ४ करोड रकम योजना विहिन ठाउँमा खर्च गरिएको लगायतका असहमति रहेका छन् ।

नसचिएर अविस्वासको प्रस्ताब

आफूहरुको असहमतिलाई सम्बोधन नभए अविस्वासको प्रस्ताबको तयारी गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

‘तत्काल असहमतिलाई सम्बोधन नगरिए विशेष साधारण सभा बोलाई अविश्वासको प्रस्ताव दर्ता गरिने छौं ।’ असहमति पत्रमा उल्लेख छ ।

आरोप पत्र

Comments

comments