काभ्रे । जिल्लाको बनेपा–११, धनेश्वर निवासी ३७ वर्षिय ईश्वर थापाको शव फेला परेको छ ।

थापाको शब उनी वस्दै आएको टहराकै आँगनमा मृत अवस्थामा फेला परेका हुन् ।

भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्न नसकेका उनी टहरामा एक्लै बस्दै आएको स्थानीय अर्जुन थापाले तेमाल अनलाईलाई जानकारी दिए ।

‘एक्कासी उनको शब आँगनमै देखेपछि हामीले प्रहरीलाई खबर गरेको हो ।’ थापाले भने– ‘मृतक ईश्वरको हात खुट्टा सबै भाँचिएको छ यो हत्या नै गरिएको हुनसक्छ ।’

घट्नाको सम्बन्धमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले हात भाँचिएको र खुट्टामा समेत चोट पटक लागेकाले हत्या भएको हुन सक्ने बताए ।

घट्ना सम्बन्धमा अनुसन्धान गरीरहेको शाहले जानकारी दिए । उनका अनुसार शव पोष्ट मार्टमका लागि बनेपास्थित घोकेचौरमा रहेको शीर मेमोरियल अस्पतालमा लगिएको छ ।

हत्याको सत्य तथ्य पत्ता लगाई दोषी माथि कडा कार्बाहीको माग गर्दै मृतका दाजु महेन्द्र थापाले इलाका प्रहरी कार्यालय बनेपामा निवेदन दिएका छन् ।

 

Comments

comments