नेकपा रामेछापमा स्थानीय तहको भागबण्डा मिल्यो, यस्तो छ भागबण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रियामा सामेल हुन निर्देशिका जारी गरेको छ ।

विहिबार नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले एकता प्रक्रियामा सामेल हुन अफिल गर्दै निर्देशिका जारी गरेको हो । निर्देशिामा पार्टी केन्द्रिय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै ठाउँमा रहने बताइएको छ ।

दुवै कार्यालयमा अध्यक्ष तथा महासचिवको कार्यकक्ष रहने र केन्द्रीय सचिवालय धुम्बाराहीमा रहने तथा केन्द्रीय विभागहरु पेरिसडाँडामा रहने निर्णय भएको अन्तरपार्टी निर्देशिकामा उल्लेख छ ।

नेकपाले तीन महिनाभित्र सबै कमिटीहरुको एकीकरण सम्पन्न गर्न सातै प्रदेशमा कार्यदल गठन गरेको छ । जस अनुसार

प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले रहेका छन् ।

प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह कार्यदलमा रहेका छन् ।

प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल रहेका छन् ।

प्रदेश ४ मा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी कार्यदलमा छन ।

प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन रहेको कार्यदल गठन भएको छ ।

प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यमलाल कँडेल र मायाप्रसाद शर्मा रहेका छन् ।

प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेका छन् ।

जनवर्गीय संगठनहरु एकीकरण गर्न पनि दुवै पक्षका इन्चार्ज र अध्यक्ष रहेको कार्यदल गठन भएको छ ।

प्रवासका कमिटीहरु एकीकरण गर्न नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक रहेको कार्यदल गठन भएको छ । जिल्ला कमिटीका लागि पदाधिकारी, सदस्य र सचिवालय सदस्यको नाम सिफारिस गर्ने कार्यदल बैठकमा भने साबिक एमाले र माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा अध्यक्षहरुलाई पनि सदस्यका रुपमा सहभागी गराउन निर्देशन दिइएको छ ।

यी कार्यदललाई १५ दिनभित्र काम सम्पन्न गरेर केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन बुझाउन समय दिइएको छ ।

अन्तरपार्टी निर्देशिकाको पूर्णपाठ यस्तो छः

 

Comments

comments