काभ्रे । जिल्लाको शिविर बेथानचोक गाउपालिका वडा नं ६ भुगदेउ महांकालमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ग्रामिण उत्थान बहुमुखी सेवा समिति काभ्रेको आयोजना तथा जिल्ला पशु सेवा कार्यालय काभ्रे र बेथानचोक गाउँपालिकाको सहयोगमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा भुग्देउ महांकालका २०० घरका ११०० भन्दा बढी घरपालुवा जनावरको स्वास्थ्य जाँच गरेको ग्रामिण उत्थान बहुमुखी सेवा समितिका अध्यक्ष आश्विन चौलागाइले तेमाल अनलाईनलाई जानकारी दिए ।

पशु स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालयका डाक्टर नारायण बहादुर श्रेष्ठ सहित ११ जना पशु सेवा बिज्ञहरुले उपचार गरेका थिए ।

शिविरमा आकस्मिक उपचार, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण, पशुहरुलाई खोप, पशु बन्ध्याकरण, गर्व परिक्षण र बाझोपन निवारणका साथै प्राविधिक परामर्श समेत दिएको डा. श्रेष्ठले जानकारी दिए ।

शिविरको लागि आर्थिक सहयोग सीई सिआइसि र जिएसीले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।