काठमाडौं । काभ्रे जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनितित्व गरेको सूचना तथा सन्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा मन्त्रीमा बढुवा भएका छन् ।

आज (शुक्रबार) मन्त्री परिषद् विस्तारको क्रममा बाँस्कोटालाई सूचना तथा सन्चार प्रविधि मन्त्रीमा बढुवा गरेको हो । बाँस्कोटा क्यविनेट बैठकमा सहभागी हुनेगरि यस अघिको मन्त्री मण्डलमा राज्यमन्त्रीको जिम्मा दिएको थियो

यसैबीच केपी ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री इश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई आजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त उपप्रधानमन्त्रीद्धय पोखरेल र यादवलाई शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी छन् ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालबाट सहरी विकास मन्त्रीमा मोहम्मद इस्तियाक राईनलाई नियुक्त गरिएको छ । संघीय समाजवादी फोरम, नेपालबाट २ जना थप गरिएसँगै ओली नेतृत्वको मन्त्रीपरिषद २४ सदस्यीय भएको छ ।

राष्ट्रपति भवन सितल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।