भक्तपुर । समाजसेवि तथा हास्य कलाकार बिकु थोकरले नेपाल राष्ट्रिय तामाङ घेदुङद्वारा चपली हाइट २ बुढानिलकण्ठ न.पा. काठमाडौं स्थित निर्माणधिन तामाङ सास्कृतिक भवनको लागि रु ५१,०००/- हजार आर्थिक सहयोग आज घेदुङ र सास्कृतिक बिभागका प्रतिनिधिहरुको उपस्तिथिमा सास्कृतिक घेदुङको अध्यक्ष शुक्र लामा दोङको हातमा चेक हस्तान्तरण गर्नुभएको हो।
सुर्यबिनायक पन्डोबजार स्थित एक क्याफेमा चियापान सहित भएको भेटघाटमा राष्ट्रिय घेदुङ्का केन्द्रीय कार्यबाहक महसचिब प्रबिन बल सास्कृतिक घेदुङ्का केन्द्रिय महसचिब जगत लामा घिसिङ सचिब अबिसेक तामाङ संचारकर्मी सुदिन दोङ तामाङ र रचनाकार साङगे ब्लोन तामाङको समुपस्थितिमा उल्लेखित रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
सास्कृतिक घेदुङले उक्त भवन निर्माणार्था बैशाख २९ गते शनिबार भक्तपुरको टुरिज्म मार्केटमा बृहत सास्कृतिक कार्यक्रम गरेको बेला थोकर कलाकारको भुमिकामा प्रस्तुतीकरण दिदै आर्थिक सहयोगको घोषणा गर्नुभएको थियो ।
समाजको लागि सेवा नै धर्म हुने र युवापुस्तालाई सकारात्मक कामको साथ र सपोर्ट गर्नुपर्ने मान्यता राख्नुहुने थोकर समुदायमा चर्चित खलनायक तथा हास्य कलाकार हुनुहुन्छ। जेष्ठ ९ गते उक्त भवनको पहिलो तल्ला ढलान कार्य सम्पन्न भएको छ। बाकी फ्लोरिङ फिनिशिङ गर्ने कार्य छिट्टै थाल्ने पनि घेदुङले जनाकारी दिएको छ ।






















