धुलिखेल । लैंगिक हिंसा पिडित तथा भुकम्प प्रभावित महिलाहरुको लागि निःशुल्क कानुनी सहायता घुम्ती शिविर शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ ।
शिविर ब्वधक को सहयोग र, कानुनी सहयोग तथा परामर्श केन्द्रको समन्वय र महिला तथा बालबालिका कार्यालय काभ्रेको आयोजनामा भएको हो ।

शिविरमा उपस्थित महिलाहरुले आफ्नो समस्यालाई उजागर गर्दै आफुहरु कसरी लैङ्गीक हिंसाबाट मुक्त हुने भन्नेबारे जानकारी लिइएका थिए । साथै भुकम्प प्रभावितहरुका लागि आवश्यक सर–सल्लाह समेत दिइएका थिए ।
कार्यक्रमका संयोजक तथा अधिवक्ता रमेश प्रसाद हुमागाईले महिलाहरुको प्रश्नहरुलाई स्पष्ट पार्दै महिलाहरुले पुरुषहरुलाई घरायसी काममा सघाउन अभिप्रेरित गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा अधिवक्ता रमिता मानन्धर, कार्यक्रम समन्वयकर्ता पुर्ण बहादुर कार्की र पुण्यवती घलेको उपस्थिती थियो । कार्यक्रममा धुलिखेल आसपासका महिलाहरुको बाक्लो उपस्थिती थियो ।






















