-रामबहादुर लामा
साउदी । ‘खेल खेलौ, स्वस्थ रहौं’ भन्ने नाराका साथ साउदी अरबमा रहेका नेपालीहरुको सहभागीतामा ‘प्रथम गन्तव्य फूटवल प्रतियोगिता–२०१८’ हुने भएको छ । आगामी जून १६ २०१८ मा हुन लागेका उक्त प्रतियोगिताको आयोजना गन्तव्य स्पोर्टीङ क्लब साउदी अरबले गरेको हो ।

क्लबको यो प्रतियोगिता पहिलो रहेको आयोजकले तेमाल अनलाइनलाई जानकारी दिएको छ ।

क्लबका खेल प्रमुख सुरेन्द्र तुम्बाहाम्फेका अनुसार नजिकिन लागेको बिश्वकपलाई मध्यनजर गर्दै तथा इस्लाम धर्मवलम्बीहरुको माहान चाड रमदान इदको दिनदेखि प्रतियोगिता सुरु हुने भएको छ ।

ए डिभिजन स्तरीय खुल्ला नकआउट प्रतियोगितामा साउदीभरी छरिएर रहेका नेपालीहरुको १० देखि १५ वटा टीमले भाग लिने सम्भावना रहेको तुम्बाहाम्फेले जानकारी दिए ।

साउदी अरबको अनैजा भन्ने शहरमा शुरु हुन लागेको प्रतियोगितामा, नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडको रेमिटेन्स डिपार्ट पृथ्वी रेमिट, स्लामिक सेन्टर अनैजा र होटल गोर्खा साउदी अरबको सह-प्रायोजन रहेको छ।

उक्त प्रतियोगितामा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार राखिएको आयोजकका एक सदस्य यादव घिमिरेबाटले जानकारी दिए ।

Comments

comments