काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा ‘कार्वन उत्सर्जन न्यूनिकरण सहित गाउँपालिकामार्फत गरिबी न्यूनिकरण’ भन्ने अवधारण अन्र्तगत एकदिने वातावरणमैत्री कार्यक्रम आइतबार वडा नं. ३ महांकालस्थानमा सम्पन्न भएको छ ।

बेथानचोक गाउँपालिका वडा नं. ३ को आयोजनामा भएको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, महिला स्वयंसेवीका, सामुदायिक विकास समूह, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरू, सामुदायिक मेलमिलापकेन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा ग्रामिण प्रविधिकेन्द्रका कार्यक्रम अधिकृत सुवास लामिछाने, सोभाना महर्जन, घट्ट धनी संघ काभ्रेका अध्यक्ष शिवशरण श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रम बेथानचोक गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको बेथानचोक ३ का कर्मचारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले बेथानचोक गाउँपालिकालाई वातावरणमैत्री बनाउनका लागि हरेक क्षेत्रबाट काम अघि बढिरहेका बेला कार्वन मुक्त गाउँपालिका बनाउन कार्यक्रमले योगदान दिने बताए । उनले गरिबी न्युनिकरणमा सहयोग पु¥याउन कृषक तथा स्थानीयहरूलाई आयआर्जन सम्बन्धी आधुनिक प्रविधिबाट वातावरणमैत्री कृषि, तथा अन्य व्यवसाय प्रबद्र्धनमा सहयोग पुग्नेगरी कार्यक्रमहरू अघि बढेको जानकारी दिए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।