काठमाडौं । कतारको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला गरेको छ ।

महोत्तरी जिल्ला आरोही–१ निवासी अनिल चौधरीलाई यस्तो फैसला गरेको हो । कतारी नागरीक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा चौधरीलाई तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले मृत्युदण्डको फैसला सुनाएको छ ।

चौधरी सन् २०१७ अप्रिलमा हत्या अभियोगमा पक्राउ परेका थिए । कतारस्थित नेपाली दुतावासले चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । नेपालीद्वारा कतारी नागरीकको हत्या गरिएको यो नै पहिलो घटना हो । घटनाको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन ।

Comments

comments