काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अरु मन्त्रीले जसरी अनुमगनको नाममा छड्के गरेर तस्बीर छपाउने पक्षमा आफू नरहेको बताएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज (सोमबार) पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा उनले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिए ।
‘विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेकेदारलाई झैँ पाता फर्काइन्छ। सुशासनमा कुनै सम्झौता हुँदैन।’ मन्त्री बाँस्कोटाले भने, ‘त्यो काम प्राविधिक समूहले गर्छ। मलाई कसले कहाँ के गरेको छ, सबै सूचना आएको हुन्छ। मैले गर्नुपर्ने कारबाही टेबुलबाटै गर्छु।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















