पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (प्रचण्ड)ले पाटी एकताले मुलुकमा स्थायित्व र विकासको ढोका खुलेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश ४ ले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन् ।
‘ुयो सामान्य घटना मात्रै नभएर भिन्न परिघटना हो। एकताले संसारभरिका कम्युनिस्टमा राम्रो सन्देश गएको छ।’ प्रचण्डले भने, ‘पार्टी एकतालाई सामान्य हिसाबले नलिन म आग्रह गर्दछु ।’
विकासको गति लिने आधार नै वैचारिक कम्युनिस्ट आन्दोलन भएको उनको भनाइ थियो। पार्टी एकता र स्थायी सरकारले कर्मचारीतन्त्र र राज्य संरचनामा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
भिडियो हेर्नुहोस्ः
‘ुमधेसवादी दललाई पनि एकतामा जोड्नैपर्नेछ, संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन मधेसको चिन्ता सम्बोधन गर्ने सैद्धान्तिक सहमति भएको प्रचण्डले बताएका छन्। सरकारलाई बलियो बनाउन फोरमको पनि हात रहने उनले बताए।
बाहिरी तत्वले प्रदेश नम्बर २ लाई अलग बनाएर राजनीतिक स्थिरता भंग गर्न खोजेको उनले आरोप लगाए। ‘‘बाहिरी तत्वले चलखेल गरेको अवस्थामा संघीय समाजवादी फोरम सरकारमा आएपछि उनीहरुको मुख टालिएको छ ।’ उनको भनाइ थियो।