-अञ्जली तामाङ
काभ्रे । जिल्लाका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बनेपा बजार सिलगुढी र धुलिखेल दार्जीलिङ बनोस भन्ने आफूहरुले उद्देश्य राखेको बताएका छन् ।

धुलिखेल नगर स्थित सरस्वती बजारमा मंगलबार ‘सरस्वती पार्क’को शिलान्यास गर्दै नगर प्रमुख ब्याञ्जुले यस्तो कुरा बताएका हुन् ।

‘धुलिखेललाई साँच्चिकै रमणिय धुलिखेल, शान्त धुलिखेल, पर्यटकीय धुलिखेल बनाउँन सक्छौं ।’ व्याञ्जुले भने, ‘मैले बनेपा सिलगुढी बनोस, धुलिखेल दार्जीलिङ बनोस भन्ने उद्देश्य राखेको छु ।’

 

कार्यक्रममा सरस्वती बजारको मौलिकतालाई कायम राख्दै पार्यटकीय महत्व बढाउने भएकोले सरस्वती पार्कको निर्माण गर्न लागेको नगर प्रमुख ब्याञ्जुले बताए । ‘ यो पार्कको स्टामेट १ करोड भन्दा बढीको छ । नगरपालिकाले एकैचोटी यो काम सम्पन्न गर्न सकिएन ।’ उनले भने, ‘अहिले हामीले २० लाख रकम विनियोजन गरेका छौं ।’

निर्माण कार्य चाँडै सम्पन्न हुन नसक्नुको कारण बताउदै ब्याञ्जुले पार्कको स्टामेट, उपभोक्ता समिति निर्माण, स्थानीयसँग परामर्श गर्नुपर्ने भएकोले ढिलो भएको बताए ।

धुलिखेल नगरपालिका पर्यटकीय क्षेत्र भएकोले पर्यटनमै सम्भाना खोज्नुपर्नेमा उनले जोड दिएका छन् । ‘सबै शहरहरुको मौलिकता हुन्छ । यहाँको मौलिकता भनेको पर्यटन नै हो ।’ उनले भने, ‘पर्यटनमा असर नपर्ने गरि, यहाँको जनताको जीवनमा समृद्ध ल्याउने सम्भावना हामीले पर्यटनमा देखेका छौं । त्यसैले यसैमा हामीले सम्भावना खोज्नुपर्छ ।’

शिलान्यास भएको सरस्वती पार्कको नक्शा

शिलान्यास कार्यक्रममा ब्याञ्जुले धुलिखेल नगरपालिकाको प्रत्येक टोलमा आधुनिक शान्त खालको पार्क निर्माण गर्ने योजना रहेको बताए । अधिकंश वडामा कार्य शुरु भएको बताउँदै उनले अरु वडामा पनि शुरु हुने बताए ।
देवीस्थानमा पनि पार्क निर्माण हुने

पिकनिक स्पोर्ट समेत रहेको देवीस्थानमा पनि अत्याधुनिक पार्क निर्माण गर्ने नगर प्रमुख व्याञ्जुले जानकारी दिए । ‘देवीस्थानको डाँडामा पनि यस्तै खालको पार्क निर्माण गर्न हामीले लागेका छौं ।’ उनले भने, ‘अध्ययन शुरु भएको छ ।’
धुलिखेललाई साँच्चिकै रमणिय धुलिखेल, शान्त धुलिखेल, पर्यटकीय धुलिखेल बनाउँन यस्तो खालको पार्ककहरु निर्माण गर्ने योजना रहेको उनले बताए ।

भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्ः