भुम्लु– काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण १ जना छात्र र १ जन छात्रालाई र ९ जना शिक्षकलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका विद्यालयहरुबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएर उतीर्ण भएका विद्यार्थीलाई १/१ लाख रुपैयाँ र माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अङ्क ल्याउने विषयगत ९ जना शिक्षाकहरुलाई २५/२५ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको हो।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले गाउँपालिकामै एक समारोहका बीच उनीहरुलाई नगद सहित सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र प्रकाश मावि भुम्लुटारका सन्देश उपे्रती रहेका छन् । यसैबीच गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अङ्क ल्याउने विषयगत नौ शिक्षकलाई पनि जनही रु २५ हजारका दरले सम्मान गरिएको छ ।
कार्यक्रममा भुजेल र लामाले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति ऊर्जा एवं प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसइईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको बताए । गाउँपालिकाभित्र सर्वोत्कृष्ट छात्रा खड्काले ३ दशमलव २० र छात्र उप्रेतीले ३ दशमलव ५५ अङ्क प्राप्त गरेका थिए । गाउँपालिकाका दुई सय विद्यार्थीले २०७९ सालको एसइई परीक्षा दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















