काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी काठमाडौको सेक्रेटरी बताउने दिपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौ–३०, रातोपुलमा रहेको एनआरके फिटनेस जिमहल बन्द गर्न धम्की दिएकोले मानन्धरलाई पक्राउ गरेको हो ।
मानन्धरले गत साउन १७ गते जिमहलमा प्रवेश गरी कर्मचारीहरु तथा जिम गर्दै गरेका व्यक्तिहरुलाई बिभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसीको प्रहरीले जानकारी दिएको छ ।
उक्त जिमहल बन्द गराउने कार्यमा संलग्न मान्नधरलाई खोजतलास गर्दै जाँदा मिति आईतवार का.म.न.पा. वडा नं. १ दरवारमार्गबाट पक्राउ गरी अपराधिक लाभ लिन नहुने सम्बन्धी कसुरमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















