हेटौंडा– कार्यसम्पादन मुल्याङ्कनका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बागमती प्रदेशमै सर्वोउत्कृष्ट घोषणा भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जिप्रका काभ्रेलाई आर्थिक वर्ष २०७९/०८० मा भएको बार्षिक कार्यसम्पादन सम्झौतामा उल्लेख भएका सुचकहरुको कार्यान्वयनको आधारमा सर्वोत्कृष्ट घोषणाा गरेको हो ।
नेपाल प्रहरी संगठनको समग्र कार्यसम्पादनको स्तरलाई अभिवृद्धि गर्दै आन्तरिक क्षमताको सुदृढ गर्ने अभिप्रायले बागमती प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रमुख भाग्येन्द्र पुरुष ढकालबीच आर्थिक वर्ष २०७९/०८० मा बार्षिक कार्यसम्पादन सम्झौतामा भएको थियो ।
हेटौँडामा आयोजित एक समारोहमा जिप्रका काभ्रेका प्रमुख ढकालले सर्वोउत्कृष्टताको प्रमाण पत्र ग्रहण गरेको थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















