रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिकालेले लम्पी स्किन रोगबाट क्षती बेहोरेका किसानहरूलाई राहत दिने भएको छ । गाउँ कार्यपालिकाकाे शुक्रबार साउन बसेको बैठकले किसानलाई राहत दिने निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकले भैसी मरेको किसानलाई ७ हजार र गाई मरेको किसानलाई ५ हजार राहत दिने निणर्य गरेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । ‘आज बसेको कार्यपालिका बैठकले लम्पी स्किन रोगबाट गाई भैसी मरेको किसानलाई राहत दिने निणर्य गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘भैसी मरेका किसानलाई ७ हजार र गाई मरेका किसानलाई ५ हजार उपलब्ध गराउने निणर्य गरेका छौँ ।’
उक्त रोगबाट पशु क्षती बेहोरेको किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउने अध्यक्ष लामाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















