बनेपा– नेपाल विद्यालय कर्मचारी परिषद्को दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार बनेपामा एक समारोहका बीच अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले मोट प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवर्णमाया विजेक्छे, प्रशान्त श्रेष्ठ, सचिवमा चमार सिं तामाङ, कोषाध्यक्षमा उर्मिला नेपाल, सह–सचिव सुष्मा तामाङ निर्विरोध चयत भएका छन् । त्यसैगरि सदस्यहरुमा प्रविण अधिकारी, हर्ष बहादुर दनुवार, यादव प्रसाद दंगाल, अशोक श्रेष्ठ, दिपक श्रेष्ठ, दमै सिं तामाङ, दुतराम तामाङ चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल विद्यालय कर्मचारी राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारी, विशिष्ट अतिथिहरुमा बरिस्ठ उपध्यक्ष प्रदिप श्रेष्ठ, महासचिव शान्तिनाथ योगी, अर्थ उपमहासचिव श्याम कुमार महर्जन, अतिथिहरुमा राष्ट्रिय समिति सचिवालय सदस्य राजकुमार घिमिरे, काभ्रे जिल्ला अध्यक्ष शम्भु प्रसाद घिमिरे, अखिल नेपाल शिक्षक संगठन काभ्रे जिल्ला अध्यक्ष चेत बहादुर लामा लगायतका सहभागी थियो ।
कार्यक्रममा अतिथिहरुले राष्ट्रिय नेतृत्वबाट संगठानिक, आन्दोलन लगायत विद्यालय कर्मचारीका समस्याहरुलाई सदनमा र सडकबाट स्थापित गराउदै पेशागत माग र मुद्दालाई जसरि पनि स्थापित गराई छाड्ने र त्यसको लागि जिल्ला र पालिका तहका साथीहरु एकताबद्ध भई सांगठनिक गतिविधिहरु बढाउँदै जानुपर्ने विषयमा प्रस्ट पार्दै निर्देशनात्मक भनाईहरु राखेका थिए ।
कार्यक्रम सञ्चालन जिल्ला सचिव मोट प्रसाद सापकोटाले गरेका थिए भने उपाध्यक्ष सुवर्णमाया विजुक्छेको सभापतित्व एवम् कोषाध्यक्ष चमार सिं तामाङले स्वागत मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















