मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ स्थित जितौरी पोखरीमा एक जना व्यक्ति मृत अवस्थामा फेला पारेको छ ।

प्रहरी चौकी हिंगुवापाटीका अनुसार मृत्यु हुनेमा सोही वडाका आइतबहादुर सार्कीको छोरा वर्ष ५० को बेलबहादुर भन्ने सानाकान्छा सार्की रहेका छन् ।

साँझ ६ बजे सार्कीलाई नालीमा लडेको अवस्थामा फेला परेको थियो । उनी लडेर बसेको नाली अन्दाजी ४ फीट रहेकोमा १ फीट पानी रहेको प्रहरीले जनाएको छ । शबलाई भर्खरै पोष्टमार्टमको लागि धलिखेल हस्पिटल लाँदै गरेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।