धुलिखेल– काभ्रे जिल्लामा कृयाशिल विभिन्न शिक्षक संगठनहरुले ३ दिने आन्दोलनको घोषणा गरेको छ । नयाँ शिक्षा ऐनले नेपालको शिक्षा प्रणालीलाई नै अन्धकारमा धकेल्ने भएकोले त्यसको विरुद्धमा आन्दोलनको घोषणा गरेको हो ।

विभिन्न शिक्षक संगठनहरुले एक अपिल जारी गर्दै आन्दोलनको तालकिा समेत सार्वजनिक गरेको छ । जस अनुसार साउन २८ गते ११ बजे देखि २ बजेसम्म स्थानीय पालिकामा धर्ना साथमा ज्ञापन पत्र, साउन ३० गते ११ बजे देखि २ बजेसम्म शिक्षा विकास तथा समन्वय इकाइ, धुलिखेलमा धर्ना साथमा ज्ञापन पत्र र भदौ १ गते जिल्लाबाट प्रतिनिधित्व गर्नेसांसदहरुसँग पक्षिकरण कार्यक्रम रहेको अपिलमा उल्लेख गरिएको छ ।

यस्तो छ अपिलः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।