बनेपा– मोटरसाइकल चोरी गरेको आरोपमा काभ्रे जिल्लाको बनेपाबाट २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय, बनेपाका अनुसार पक्राउ पर्नेहरुमा रोशी गाउँपालकिा वडा नं. १० बस्ने राजेश ठकुरी र कृष्ण शाही रहेका छन् ।

शनिबार इलाका प्रहरी कार्यालय, बनेपाबाट रातको समयमा खटिएको प्रहरी गस्ती टोलीले विशेष सुचनाका आधारमा बनेपा नगरपालिका वडा नं। ६ वुडोल स्थित सडक खण्डमा शंकास्पद रुपमा आएको बागमती प्रदेश ०२–०३४ प. ४१६१ नं. को २२० सि.सि.को कालो रातो रंगको पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चेकजाँच गर्दा सवारीको कागजातहरु साथमा नभएकोले ठकुरी र शाहीलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दा निजहरुले उक्त मोटरसाइकल भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं. २ बालकोटबाट चोरी गरी ल्याएको खुलेको थियो ।

ठकुरी र शाहीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।