काठमाडौं । नेकपा -माओवादी केन्द्र_ले तीन चरणमा पार्टीको पूर्वघोषित विशेष अभियान चलाउने भएको छ । गत साउन -१७–२१_सम्म राजधानीको कमलादीमा बसेको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाउने निर्णय गरेको थियो ।
बैठकको निर्णय समेटेर माओवादीले २५ लाख जनता÷मतदातामा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्नेगरी कार्ययोजना बनाएको छ ।
पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ । यस्तै योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण पनि पहिलो चरणमा गर्नेछ ।
यस्तै दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्नेगरी कार्यक्रम बनाइएको एक नेताले बताए ।
तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र एक्यवद्धताका कार्यक्रम सञ्चालन गरिनेछ ।
हेर्नुहाेस् कार्ययाेजनाकाे पूर्णपाठः
तीन महिने अभियान
१. अभियानको नामः “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान”
२. अभियानको नारा: “घर-घरमा माओवादी, जन-जनमा माओवादी”
३. अभियानको लक्ष :
नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुऱ्याउने गरी पार्टी र जवस / मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने ।
कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने ।
आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा संचालित स्थानीय सरकारहरुले कम्तिमा १/१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम शुरु गर्ने ।
संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिस बमोजिम ७ वटै प्रदेशमा एक/एक वटा आयोजना संचालनको संभाव्यता अध्ययन गर्ने ।
४. अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इञ्चार्जहरुले गर्ने ।
५. अभियान अवधिभर सामान्यतया केन्द्रीय पदाधिकारीहरुलाई अन्तर प्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यहरुलाई अन्तर पालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिनेछ । जहाँ जनता त्यहाँ संगठनको मान्यता अनुसार अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाइनेछ ।
६. सामान्य कार्यक्षेत्र प्रदेश, जिल्ला पालिका तोकिए पनि मुख्य कार्यक्षेत्र (योजना कार्यन्वयको क्षेत्र) वडालाई बनाउनु पर्नेछ ।
७. पार्टी केन्द्रीय सदस्य / आयोग सदस्य / सल्लाहकार सदस्यहरुको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस/मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारीहरु सम्मिलित वडा केन्द्रित अभियान टीम बनाइनेछ ।
८. अभियान टीमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रमहरु संचालन गर्नेछ । अभियान टीममा कलाकार, संस्कृतिकर्मीहरुलाई पनि सहभागी गराउनु पर्नेछ ।
९. अभियान संचालनका लागि प्रदेशमा एक सचिवालय गठन गरिनेछ ।
१०. अभियान ३ चरणमा संचालन गरिनेछ :
पहिलो चरण: बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण / विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग संबन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण,
दोस्रो चरणः पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया,
तेस्रो चरणः जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र एक्यवद्धताका कार्यक्रम ।
११. केन्द्रीय समिति बैठकबाट पारित अध्यक्ष कमरेड प्रचण्डको प्रस्तावलाई आधार बनाई प्रदेशको सापेक्षतामा अभियानको विस्तृत कार्ययोजना तयार गरिनेछ । जसमा निम्न विषय समावेश गर्नुपर्नेछ ।
-
सबै तहका कमिटीका बैठक, प्रशिक्षण, स्कुलिङ संचालन पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्ने ।
-
वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला सम्मेलन गर्ने ।
-
सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित कामहरुलाई आम जनताकाबीच पुऱ्याउने, सुझाव संकलन गर्ने र समर्थनका लागि अपील गर्ने ।
-
नेपालको राजनैतिक परिवर्तनका श्रृङखला जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यन्वयनबाट प्राप्त अधिकारको महत्व र त्यसका लागि नेतृत्वको योगदानलाई स्थापित गर्ने ।
-
आठौं महाधिवेशनद्वारा पारित २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिहरुलाई पार्टी पंक्ति र जनसमुदायबिच पुऱ्याउने ।
-
आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरु जल जंगल जमिनको व्यवस्थापन सम्बन्धी नीति, कृषि, उद्योग तथा बाणिज्य, शिक्षा, स्वास्थ्य सम्बन्धी नीतिहरु सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने ।
-
विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढंगको कम्युनिष्ट पार्टीबारे पार्टी पंक्तिमा व्यापक छलफल गर्ने ।
-
शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेशाका आधारमा संगठित गर्ने ।
-
सहकारीहरुलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग, बजारीकरण, मल बीउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्ने ।
-
पर्यटन, साना उद्योग सम्बन्धी कामको संभाव्यता अध्ययन गर्ने ।
-
वडाको समग्र डाटा संकलन गर्ने ।
-
आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको अभियानलाई थप प्रभावकारी बनाउन ३ वटै तहका सरकारहरुले ठोस पहलकदमी बढाउने । यो अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने, पार्टीलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा स्थापित गर्ने ।
-
पार्टीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरुले नमूना योजना बनाई कार्यन्वयन गर्ने र ती योजनामा संघीय र प्रदेश सरकारहरुले विशेष सहयोग गर्ने ।
-
शैक्षिक संस्था, स्वास्थ्य संस्था, स्थानीय सरकारलगायतका कार्यालयहरुको अनुगमन, निरीक्षण र अन्तरक्रिया गरी समस्या समाधानको पहल गर्ने ।
-
सहरी क्षेत्रमा टोल सुधारका कामहरु, पानी-बिजुलीका समस्या, सार्वजनिक जग्गा अतिक्रमण, फोहोर व्यवस्थापन, जातीय-क्षेत्रीय मनोविज्ञान, आदिवासीहरुबिच अन्तरक्रिया, गुठी, मठ मन्दिर, खेल मैदान, मनोरञ्जनका क्षेत्रका समस्याबारे जानकारी लिने र समस्या समाधानको लागि पहल गर्ने ।
-
प्राध्यापक, बुद्धिजिवी, सेवा निवृत्त कर्मचारी, मजदुर, व्यवसायी, बेरोजगार, प्राविधिक विषयका विद्यार्थीहरुको अलग अलग डाटा संकलन गर्ने, उनीहरुसँग अन्तरक्रिया गर्ने, सरकारका कामहरुबारे सुझाव लिने र उनीहरुलाई संगठित गर्ने नयाँ उपायहरु खोज्ने ।
-
विदेशमा रहेका श्रमिकहरुको स-साना इकाइहरु बनाउने, भर्चुअल बैठक गर्ने । उनीहरुसँग प्रत्येक्ष सम्पर्क गरी समस्याहरु संकलन गर्ने र समाधानको पहल गर्ने ।
-
प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न डिजिटल प्लेटफर्म संचालनको लागि केन्द्रदेखि वडासम्मको
संजाल तयार गर्ने । सामाजिक संजालको अधिकतम सदुपयोग गर्ने । अभियानको प्रचार सामग्री, सरकारको काम कार्वाही र उपलब्धिहरुको सन्देशमूलक सामग्री तयार गर्ने । पालिकाहरुले ३ महिने अभियानको डकुमेन्ट्री बनाउने ।
-
पार्टी बाहिरका विभिन्न संघ संस्था र व्यक्तित्वहरुबिच अन्तरक्रिया गर्ने ।
-
सबै तहका सरकारसँग पार्टी, जवस/मोर्चा वा अन्य सरोकार समितिहरुको तर्फबाट जनविकालगायतका विषयमा ज्ञापनपत्र / मागपत्र पेश गर्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















