बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ३ स्थित महांकालमा झुण्डेको अवस्थामा एक वालिका मृत अवस्थामा भेटिएको छ ।
प्रहरी चौकी ढुंखर्कका प्रहरी सहायक निरिक्षक दिपक पौडेलका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वागमती गाउँपालिका वडा नं. ९ की सुब्बा मगरको छोरी १५ वर्षिय मौसमी मगर रहेका छन् ।
पौडेलका अनुसार आज सोमबार विहान ७ बजेको समयमा घट्ना थाहापाएको थियो । मगर महांकाल स्थित रेवती प्रसाद तिमल्सिनाको घरमा डेरा गरी बस्दै आएकी थिईन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















