पनौती– काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ४, तौखालमा एक बालक झुण्डिरहेको अवस्थामा मृत फेला परेको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख डिएसपी रेशम बोहराका अनुसार आज विहिवार दिउँसो २ बजेर ३० मिनेटमा सो घट्नाको बारेमा थाहा भएको थियो ।

मृत्यु हुनेमा पनौती न.पा.०४ तौखाल बस्ने घनश्याम सापकोटाको छोरा बर्ष १४ को निरज सापकोटा रहेको डिएसपी बोहराले तेमाल अनलाईनलाई बताए । बोहराका अनुसार सापकोटा आफ्नै घरको कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डि रहेको अबस्थामा फेला पारेको थियो ।

खबर प्राप्त हुनसाथ प्र.चौ. पनौतीबाट प्र.ना.नि. रामहरी रिजालको कमाण्डमा टोलि खटी गई घटनास्थल सुरक्षीत राखेको र ई.प्र.का.बनेपाबाट प्र.ना.उ. बोहराको  कमाण्डमा टोलि पुगी मुचुल्का उठाइरहेको प्रहरीले बताएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।