तेमाल– नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं. ८ को विशेष वडा भेला कार्यक्रम सम्पनन भएको छ । शनिवार एक कार्यक्रमका बीच भेला सम्पन्न भएको हो ।
भेलाको उद्घाटन माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज एवं संघीय सांसद सूर्यमान दोङ (लालध्वज)ले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नेता दोङले भ्रष्टाचारको विरुद्ध पार्टी र सरकार अगाडि बढेको बताउँदै यो अभियान नरोकिने बताए । साथै उनले पार्टीलाई एकताबद्ध बनाउँदै सुदृढ पार्टी निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य तथा वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, तेमाल गाउँपालिकाका उपाध्यक्ष तथा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सचिवालय सदस्य दलमान थोकर, तेमाल गाउँ कमिटी अध्यक्ष लालध्वज तामाङ, अखिल नेपाल जनसाँस्कृतिक महासंघका वागमती प्रदेश कमिटी अध्यक्ष विश्व दोङ लगायतले मन्तव्य राखेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य कुवेर सिं दाङ, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य दूधराज तामाङ, वाइसियल नेपालका जिल्ला अध्यक्ष लनामसिं तामाङ, तेमाल गाउँकमिटी सचिव लक्ष्मीबहादुर घिसिङ, वाइसियल नेपाल तेमाल गाउँकमिटीका अध्यक्ष विजय लामा लगायतका सहभागी थियो ।
माओवादी केन्द्रको विशेष वडा भेलाले बीरबहादुर घिसिङको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
भेलाले उपाध्यक्षमा धर्मलाल थिङ, सचिवमा ऋतु योञ्जन, सह–सचिवमा तिर्थबहादुर सापकाटो, कोषाध्यक्षमा उपदेश घिसिङ चयन भएको छ । त्यसैगरि समितिको सदस्यहरुमा मनहरि मैनाली, उद्धव खेरल, सोमामाया तामाङ, मेघराज तामाङ, कृष्ण घिसिङ, धनध्वज तामाङ, विष्णुमाया तामाङ, नानीराम रायमाझी, पराङ दोङ, जयबहादुर दोङ, हरि थोकर, सुब्बासिं बोमजन, जयबहादु बल, हेमलाल श्रेष्ठ, धनमन तामाङ, दावादोर्जे लामा, जनक तामाङ, किरण तामाङ, हेम तामाङ, पराङ थिङ रहेका छन् ।
वाइसिएल र महिला संगठन पनि गठन
यसैबीच सो भेलामा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपाल र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वडा कमिटी समेत गठन गरेको छ ।

वाइसिएलको अध्यक्षमा युवराज लामा, उपाध्यक्षमा धनध्वज घिसिङ, सचिवमा बुद्ध लामा, कोषाध्यक्षमा विवेक लामा, सदस्यहरुमा मिलन तामाङ, दोर्जे लामा, नारायण तामाङ, मिमबहादुर तामाङ, सविन तामाङ, मरिचमान तामाङ, मिलन तामाङ, उमेश लामा, भोज कुमार तामाङ रहेका छन् ।
यसैबीच अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को वडा कमिटी अध्यक्षमा विष्णुमाया तामाङ, उपाध्यक्षमा लाली माया तामाङ, सचिवमा सुकमाया तामाङ, कोषाध्यक्षमा तल्सी खड्का (रायमाझी), सदस्यहरुमा संगिता राना मगर, लालमाया तामाङ, शान्ता रायमाझी, सोनी तामाङ, हरिमाया तामाङ, याङरी डोल्मा तामाङ, विवरानी तामाङ रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















