धुलिखेल– तामाङ पत्रकार संघ काभ्रेको आयोजनामा २९ औ तामाङ प्रसारण दिवस मनाइको छ । शुक्रवार धुलिखेलमा ‘शुभकामना आदन-प्रदान कार्यक्रम’को आयोजना गरि मनाइएको हाे ।

रेडिया नेपालमा तामाङ भाषामा समाचार प्रसारण गरेको दिनलाई तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएको छ । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख गौतमले आ-आफ्नो मातृभाषाको संरक्षण गर्नुपर्ने बताउँदै बिदेशी भाषा पैसा तिरेर सिकिरहँदा आफ्नो भाषा चाहिँ लोप हुन दिनु नहुने गौतमको भनाइ छ ।

कार्यक्रमका बिशेष अतिथि तथा जिल्ला समन्वय समिति काभ्रेका उप-प्रमूख रिमबहादुर तामाङ तामाङले तामाङ समुदायको जन्मदेखिको मृत्युसम्मको संस्कार संस्कृतिको बारेमा जानकारी दिए ।

संघका अध्यक्ष अञ्जली तामाङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव डिल बहादुर थोकर ग्याम्जो, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रोहित श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, संचारिका समूह काभ्रेकी अध्यक्ष सुनिता सापकोटा, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य इकमान लामा, मिलिजुली खबरका सम्पादक भेषराज दनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका कोषाध्यक्ष अशोकबुद्ध लामाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन जिल्ला सदस्य जीवन तामाङले सञ्चालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।