बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. १०, भैंसेपाटीमा एक १४ वर्षिय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार आतमहत्या गर्नेमा १४ वर्षिय बालक विशाल खड्का रहेका छन् ।
सोही वडाका तुलसीमाया राजभण्डारीको घरमा डेरा गरी बस्ने बलराम खड्काको छोरा विशालले आफै सुत्ने कोठाको सिलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।
मृतक बालक श्री जनज्योति मावि जनागालमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी रहेको थाहा भएको छ ।
प्रहरी चौकी साँगाका अनुसार घट्ना स्थल सुरक्षित राखिएको र मुचुल्का उठाउने कार्य भइरहेको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















