बेथानचोक- काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा एक जना युवती झुन्डिरहेको अवस्थामा फेला परेको छ । प्रहरी चौकी खोपासीका प्रहरी सहायक निरीक्षक महेश्वर दाहालका अनुसार मृत्यु हुनेमा बेथानचोक गा.पा. ४ देवीस्थान बस्ने ख्याङ लामाको छोरी बर्ष २० की मनिषा लामा रहेका छन ।
दाहालका अनुसार मृतक मनिषा आफ्नै घर नजिकै रहेकी आफ्नै फुपुको घरको भुईतलामा निदालमा सलको पासो लगाई झुण्डी छटपटाई रहेको अबस्थामा निजको आमाले देखेपछी सलको पासो काटी भुईमा झारी हेर्दा मृत भईसकेको थियो ।
खबर प्राप्त हुनसाथ भन्ने खबर दिउँसो ३:३० बजे प्र.चौ. खोपासीबाट प्र.स.नि. दाहालको कमाण्डमा टोली खटी गई घटना स्थल सुरक्षीत राखीएको थियो । अहिले इलाका प्रहरी कार्यालय , बनेपाबाट टोलि पुगि मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।