मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर गाउँपालिकाले सबै वडाको विद्यालयमा पुगेर बालबालिकाको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । मंगलवार स्वास्थ्य संस्थाहरुको मासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख टोकबहादुर वाइबाले सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
स्वास्थ्यकर्मीहरुले आ–आफ्नाे कर्तव्य पूरा गरे जनताको गुनासाे नआउने बताउँदै स्वास्थ्यकर्मीहरु कर्तव्य निष्ठ हुनुपर्नेमा जोड दिए । ‘कुनै पनि स्वास्थ्य संस्थामा औषधीको अभाव हुन नदिनु होला । आ–आफ्नो कर्तब्य पुरा गरे नागरिकको गुनासो आउँदैन, स्वास्थ्यकर्मीलाई कर्तब्य निष्ठ भएर काम गर्न म सबैलाई अनुरोध गर्न चाहन्छु ।’
स्वास्थ्य निकै संवेदशिल क्षेत्र रहेको भन्दै कुनै पनि बहानामा कोही कसैले खेलाची गर्न नहुनेमा नगरप्रमुख वाइबाको जोड दिँदै नसर्ने रोगबाट बच्ने उपायका बारे समुदायलाई सचेत गराउन समेत स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















