नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताइका छन् ।मंगलवार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
उनले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताउँदै १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताए । प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पु¥याउने गरी काम गर्ने बताए ।
‘प्रधानमन्त्री पुष्पकमल दाहालको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास गर्न निर्देशन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागिता ऊर्जा क्षेत्रको आजको अवस्थामा आएका छौं । नेपालको विद्युतीय क्षेत्र अहिले धेरै अगाडि बढेको छ । अहिले सयौं सवस्टेशन र विद्युत उत्पादन परियोजनाहरु बनि रहेको छ ।’ उनले भने, ‘अब केही समयमा धेरै सवस्टेशनहरुको उद्घाटन गर्दैछौं । धेरै हाइड्रोपावरहरुको उद्घाटन गर्दैछौं । १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रुपमा प्राधिकरणलाई दिने भन्नुभएको छ । यो परियोजनाले देशको समृद्धिमा ठूलो योगदान पु¥याउन मद्दत गर्नेछौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















