बनेपा– काभ्रे जिल्लाको बनेपामा चोरी गरेको मोटरसाइकल सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार सोमबार रातका ११ः३० बजे हराएको थियो ।

बनेपा नगरपालिका वडा नं. ८ स्थित डेरा कोठा गरि बस्ने चौरिदेउराली गाउँपालिका वडा नं. ०१ स्थायी घर भएका पेम्वा सिंह तामाङको बा. ६२ प. ५६०३ नं. को होण्डा कम्पनीको साईन मोटर साइकल चोरी भएको थियो ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३२ को साजन शाक्य र ३४ वर्षिय विवश मानन्धर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान गर्नेक्रममा शाक्यले आफ्नै घरमा मोटरसाइकलको नम्वर प्लेट समेत निकालि लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो ।

पक्राउ परेकाहरुलाई चोरी सम्बन्धि कसुर मुद्दामा काभ्रे जिल्ला अदालतबाट पाँचदिनको म्याद थप अनुमती प्रदान भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।