काभ्रे– काभ्रे जिल्लामा जुवा खेलीरहेका वडा अध्यक्षा सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवारसहित ९ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार वडाअध्यक्ष दनुवारसहित ९ जनालाई पाँचखाल नगरपालिकासंगै रहेको एक घरबाट पक्राउ गरिएको थियाे ।
प्रहरीले जुवाको खालबाट करिव नगद १ लाख ९० हजार रुपैयाँ रकम समेत बरामद गरेको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















