नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भर्त्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उहाँले अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको उल्लेख गरे । ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाउनु भयो । उहाँले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भावना टुटेको उनको तर्क थियाे ।
‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय शुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भत्र्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो । अहिले त ओलीजी भन्दा १० हात अघि गएर निन्दा भत्र्सनामा अरु नै आइपुगे । त्यो निन्दा, भत्र्सनाको बुढो प्रतिनिधिको ठाउँमा नयाँ प्रतिनिधि आए, जवान प्रतिनिधिहरु आए ।’ उनले भनेऽ ‘ओलीले जे गर्नुभयो, त्यसको लागि १५ वर्ष हामीले हाम्रा विद्यार्थीहरुलाई पढाउनुपर्छ । नेपालले के गुमायो भन्दा शिक्षाका क्षेत्रमा मात्रै १० वर्षमा भइसक्ने, ५ वर्षमा भइसक्ने हाम्रो सार्वजनिक शिक्षा गुणस्तरीय भइसक्ने निजी र सार्वजनिक शिक्षाको विभेद हटिसकेको हुने, र सबै नेपालीले ख्याल गर्नुहोला । यो नारा सबैलाई शिक्षा र गुणस्तरीय शिक्षा हुने थियो । त्यो अवसर ओलीजीका कारणले, ओलीको प्रवृत्तिको कारणले नेपाली राजनीतिमा, नेपाली बाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको छ । ओलीजीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दैछ । संकटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















