मिलन दाेङ तामाङ
मलेसिया– रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुले मौलिक चार्ड गौरा पर्व धुमधामका साथ मनाउने भएका छन् । बिगत वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ आयोजना गर्न लागेको हो।

नेपाली राजदूतावास मलेसियाका राजदूत डिल्ली राज पौडेलको प्रमुख आतिथ्यमा हुने गौरा पर्व तथा सांस्कृतिक कार्यक्रमको तयारी तिव्र पारिएको आयोजक सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले जनाएको छ। ‘सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली’ अनेकतामा एकता जैविक विविधतामा समुन्नत सुन्दर सुदूरपश्चिम हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ स्थापना भएको सुदूरपश्चिमेली नेपाली समाज मलेशियाले मलेसियाको राजधानी क्वालालम्पुरमा आगामी सेप्टेम्बर १० तारिक आईतवार गौरा पर्व तथा संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमका लागि नेपालवाट आउने कलाकार देखी अन्य स्थानिय कलाकारहरुको टुंगो लागिसकेको सुदूरपश्चिमेली नेपाली समाज मलेशियाले जनाएको छ। उक्त कार्यक्रममा नेपालका चर्चित तथा लोकप्रिय गायक गायिकाहरु सहभागी हुने छन् ।जन्मभूमि सुदूरपश्चिम भएपनि कर्मभूमि मलेशियालाई बनाउदै आएका सुदूरपश्चिमका दाजुभाईहरुका दुख कष्टमा सहयोग पुञ्याउन र आफ्नो मौलिक कला, संस्कृतिहरुको जर्गेना गर्न स्थापना गरिएको समाजले हरेक बर्ष जस्तै यस बर्ष पनि गौरा पर्वको अबसरमा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिनेश खड्का ‘खप्तडि’ले बताए ।

सो कार्यक्रममा चर्चित तथा लोकप्रिय डेउडा गायक जे आर भट्ट, सुरेश चोखाल, कैलाश साउँद (रङ्गबाज), मोडल डेविट घिमिरे (देवराज), गायक अर्जुन कुँवर,कर्ण बि एम,लोकदोहरी तथा देउडा गायक धर्मेन्द्र गड्तौला,डान्सर हरु क्रमश अमृता मुक्तान, प्रिया तामाङ, प्रमोद तामाङ, कृष्ण थापा,सरोज थामि,पुर्णीमा लिम्बू,जंग कार्की,सम्झना कुँवर,अभय बिश्वकर्मा,लगाएत अन्य थुप्रै स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने उनले बताए ।

कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म हुनेछ । मलेसियाका क्रियासिल संघ संस्थाका प्रतिनिधि, बिभिन्न पेसामा आबद्ध रहेका समाजसेवी,राजनितिक दलका प्रतिनिधि,पत्रकार,कलाकार र व्यवसायि लगायतको सहभागीता रहने आयोजक सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले जनाएको छ।

यस्तै उग्रतारा रेष्टुरेन्ट कोतारिया,न्यू उग्रतारा रेष्टुरेन्ट सेरेम्बान, वरपिपल रेष्टुरेन्ट केलाङ, दिप ज्योति रेष्टुरेन्ट कोतराया, डे काष्ठमण्डप बुक्ति बिन्ताङ, बम राजा इन्टरप्राइजेज सेनाई जोहोर कार्यक्रमको प्रायोजक रहेका छन्।

यसैगरी मिडिया पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक, टिभि टुडे एच.बि टेलिभिजन काठमाडौं,बारा दैनिक ,मलया खबर,नेपाल जनता खबर,गन्तव्य खबर,संदेश प्रवाह,हिमाल टाईम्स खबर, तेमालअनलाईन,आगमन खबर,हिरो नेपाल खबर रहेका छन्। उपाध्यक्ष पुर्ण बहादुर विष्ट र जोहोरबारु उपसचिव कपिल बोहोराले कार्यक्रम सन्चालन गर्नेछ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।