काठमाडौं– स्वायत्त ताम्सालिङ प्रदेश घोषणा र पहिचानको आधारमा प्रदेश नामकरण गराउन दबाब दिने उद्देश्यले ताम्सालिङ संयुक्त संघर्ष समिति नेपाल घोषणा गरिएको छ । धुम्बाराहीस्थित एसआर बैंक्युटमा आइतबार दिउँसो विशेष समारोहबीच पूर्वराजदूत डा. गणेश योञ्जनको अध्यक्षतामा संघर्ष समिति घोषणा गरिएको हो ।

पुन: गठित समितिको सदस्य सचिवमा मोहन गोले तामाङ, प्रवक्ता जय गोले तामाङ र सदस्यहरुमा सबै संगठन र स्वतन्त्र अभियन्ताहरु रहने अवधारणापत्रमा उल्लेख छ । यसअघि जय गोले संयोजक थिए ।

संघर्षण समितिमा नेपाल तामाङ संघ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल तामाङ संघ (समाजवादी)लगायत २४ वटा संस्था आबद्ध छन् ।

संघर्षण समितिले २५ बुँदे माग अघि सारेको छ भने जागरण तथा दबाबमूलक अभियान, शान्तिपूर्ण अवज्ञा र विरोध कार्यक्रम लगायत संघर्षका कार्यक्रम पनि घोषणा गरेको छ ।

३१ साउनमा नै तयार पारिएको ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालको अवधारणापत्र समाजशास्त्री डा मुक्तसिंह तामाङले वाचन गरेका थिए । कार्यक्रममा अहिले विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधि तथा विभिन्न अगुवाहरुले ऐक्यबद्धता तथा शुभकामना मन्तव्य राखेका थिए ।

यस्ताे छ अवधारणा पत्रः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।