धुलिखेल- एमसीसी परियोजना खारेजीको माग गर्दै ‘गो ब्याक एमसीसी”का नाराहरुको भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरुलाई प्रहरीले पुन: गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्ने नेताहरुमा पार्टीका केन्द्रीय सदस्य ढोगप्रसाद अधिकारी, प्रदेश सदस्य असल मोक्तान र जिल्ला सदस्य मेजरमान थिङ रहेका छन् ।

प्रहरीले उहाँहरुलाई आज भित्ते लेखन गरिरहेको अवस्थामा जिल्लाको २८ किलो भन्ने ठाउँबाट गिरफ्तार गरेको जिल्ला नेता प्रदीप अस्तानीले जानकारी दिनुभयो । उहाँका अनुसार गिरफ्तार नेताहरुलाई जिल्ल प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।