बनेपा- काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले धार्मिक जात्राको अवसरमा ३ दिनसम्म सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएको जनाएको छ ।
तेमाल गाउँपालिकाको केन्द्रमा अवस्थित श्री सत्यनारायण मन्दिर परिसरमा जनै पूर्णिमाको पावन अवसरमा परापूर्वकाल देखि नै जनैपूर्णिमाको दिन धार्मिक जात्रा हुने गरेको र नारायणस्थान मन्दिरमा लाग्ने धार्मिक जात्रा र मेला तेमालको साँस्कृतिक पर्व कै रुपमा विकसित भएको जनाउँदै विदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
जात्रामा तेमाल लगायत आसपासका गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी भक्तजनहरु उपस्थित भई अनुष्ठान गर्ने भएकोले यस जात्रा र मेलालाई सभ्य र भव्य रुपमा मनाउन भाद्र १३ गते देखि १५ गतेसम्म सार्वजनिक विदा दिएको हो । ३ दिनसम्म गाउँपालिका अन्तर्गतका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु तथा वडा कार्यालयहरु बन्द हुने सूचनामा जनाएको छ ।
यस्ताे छ सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















