प्रदीप अस्तानी
बनेपा– काभ्रे जिल्लाकाे बनेपा शहरमा एमसीसी कार्यान्वयन बिरुद्ध प्रदर्शन गरेकाे छ । बुधवार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितको चार कम्युनिस्ट पार्टीले एमसीसी कार्यान्वयनको बिरोध गर्दै प्रदर्शन गरेको हाे ।
बनेपाको तिनदोबाटोबाट सुरु भएको बिरोध जुलुस चारदोबाटोमा गएर कोणसभामा परिणत भएको थियो । बिरोध सभामा क्रान्तिकारी कारी कम्युनिस्ट पार्टी नेपाल र नेकपाका नेताहरूले सम्बोधन गरेका थिए । कोण सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला इन्चार्ज सोमान सिंह तामाङ, जिल्ला संयोजक बिनयराज शर्मा, नेकपाको प्रतिनिधि समीर श्रेष्ठले रास्ट्रघाती एमसीसी परियोजना फिर्ता नगरे कडा संघर्स गर्ने चेतावनी दिए ।
कार्यक्रममा सयौंको सङ्ख्यामा उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला सह संयोजक ढोग प्रासाद अधिकारीले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















