महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका १ बाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गोकुले स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा बच्चा जन्मिदा निशासियएको र दिशा खाएर बच्चाको अवस्था गम्भिर भएकोले बच्चा र आमालाई दुबैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाकाे विशेष पहलमा उद्धार गरिएकाे छ । गए राति शिशु जन्माएकी काभ्रेको डाँडापारी महाभारत गाउँपालिका १, धापकी २० वर्षीया निशा मोक्तानको आज दिउँसो उद्धार गरिएको हो ।

मोक्तानलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि गाउँपालिका अध्यक्ष जिम्बाले काठमाडौँबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

यहि शुक्रबार महाभारत गाउँपालिका ७ का माया पाख्रिनलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको थियो । महाभारत गाउँपालिकामा निःशुल्क हेलिकप्टर सेवा २०७८ सालदेखि लागु भएको हो । हाल सम्ममा धेरैको उद्धार भईसकेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।